नियम
उपाध्यक्षको काम, कर्तव्य र अधिकार
(१) उपाध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) परिषद्को नीति निर्धारण गर्ने सम्बन्धमा सभा र परिषद्लाई सहयोग गर्ने ।
(ख) प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको सञ्चालन तथा विकासको लागि शिक्षण, प्रशिक्षण तथा अनुसन्धानको व्यवस्था गर्ने, गराउने ।
(ग) परिषद्को अल्पकालीन तथा दीर्घकालीन योजना तथा कार्यक्रमहरुको समन्वय गर्ने, गराउने ।
(घ) सभा वा परिषद्बाट प्रत्यायोजित अन्य काम गर्ने, गराउने ।
(२) उपाध्यक्षको अनुपस्थिति वा पद रिक्त भएको अवस्थामा निजलाई तोकिएको काम, कर्तव्य र अधिकारको प्रयोग र पालना सदस्य–सचिवले गर्नेछ ।